स्वर्ण बिन्दु
प्राशन
बालबालिकाको स्वास्थ्य, पोषण र सर्वाङ्गीण विकासका लागि विशेष आयुर्वेदिक कार्यक्रम
कार्यक्रमको जानकारी
स्वर्ण बिन्दु प्राशनको परिचय
सुवर्णप्राशनं ह्योतत् मेधाग्निबलवर्धनम्। आयुर्थ्यं मङ्गलं पुण्यं वृष्यं वर्ण्यं ग्रहापहम्॥
मासात् परममेधावी व्याधिभिर्नच धृष्यते। षड्भिर्मासैः श्रुतधरः सुवर्णप्राशनाद् भवेत्॥
कौमारभृत्यको मूल ग्रन्थ काश्यप संहिताको लेह अध्यायमा स्वर्ण बिन्दु प्राशनको वर्णन गरिएको छ। शास्त्रीय मतानुसार स्वर्णविन्दु प्राशनले बालबालिकाहरुमा पोषणतत्त्व पूर्ति गरि पाचनप्रणाली सुदृढ गर्ने, स्मरणशक्ति र बौद्धिक क्षमता वृद्धि गरी बालबालिकाको शारीरिक एवं मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाई उनीहरुको सर्वाङ्गीण विकासमा मद्दत गर्दछ।
विशेष महत्व
पुष्य नक्षत्र
पुष्य नक्षत्रलाई नक्षत्रको राजा मानिन्छ। यो नक्षत्र प्रत्येक २७ दिनमा दोहोरिन्छ। नक्षत्रको दिन समयमा स्वर्ण बिन्दु प्राशनको सेवन गरेमा बालबालिकामा विशेष प्रकारको पौष्टिकता प्रदान गरि उर्जावान बनाउँछ साथै धी, धृति र स्मृतिमा वृद्धि गर्दछ। अतः स्वर्ण बिन्दु प्राशनका लागि पुष्य नक्षत्र महत्वपूर्ण मानिन्छ।
वार्षिक तालिका
स्वर्ण बिन्दु प्राशन कार्यदिन — २०८३
कार्यक्रममा सहभागी हुनुहोस्
स्थान, उमेर र समय
आफ्नो बच्चालाई स्वास्थ्य र बुद्धिको उपहार दिनुहोस् !
Give your child the gift of Health & Intelligence!